‘लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited ’बाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा लोड गर्न सकिने भएको छ । बैंक र खल्ती वालेटबीच भएको सम्झौता अनुसार लुम्बिनीका मोबाईल बैंकिङ सेवा गर्ने ग्राहकले बैंकको डिपोजिट भौचर मार्फत ‘खल्ती’ मा पैसा लोड गर्न सक्ने भएका हुन् ।
सम्झौतमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले हस्ताक्षर गरे । बैंकले हाल ६५ वटै शाखा मार्फत सेवा दिँदै आएको छ ।