अर्बिट मेडिकल इन्ट्रान्सको शुल्क प्रभु बैंकबाट तिर्न मिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 01:11:30 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited अर्बिट मेडिकल इन्ट्रान्सको आधिकारीक बैंक रहने गरी सम्झौता भएको छ । बैंक र अर्बिटबिच भएको सम्झौता अनुसार अर्बिटबाट उच्च शिक्षा हासिल गर्न जाने बिद्यार्थीहरुले बैंकको सबै शाखाबाट रकम जम्मा गर्न सक्नेछन्  । 

यसका साथै अर्बिटका बिद्यार्थीहरुले बैकको सबै शाखाहरुबाट नगद जम्मा गर्ने, बिदेशी मुद्रा सटही सुविधा, SWIFT, TT, Online payment, Draft आदिका माध्यमबाट गरिने IELTS, TOEFL, PTE, CAE, SAT, GRE, GMAT, Tution fee आदिका लागी शैक्षिक शुल्क भुक्तानी गर्न सक्नेछन् । यसको अलवा शैक्षिक कर्जा आवश्यक परेमा पनि सर्व सुलभ तरिकाबाट कर्जा उपलब्ध गराइन जनाइएको छ । 

यो कार्यलाई अझ सुव्यवस्थित गर्नको लागि बैकको कमलादी शाखालाई मुख्य सम्पर्क केन्द्र तोकिएको बैंकले जनाएको छ ।

सम्झौतामा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा अर्बिटका तर्फबाट कम्पनीका प्रवन्ध संचालक सुनिल रेग्मीले हस्ताक्षर गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved