थाईल्याण्डमा सम्पन्न ओपन कराते प्रतियोगितामा जुनियर ‘४८–केजी वेट क्याटगोरी’मा स्वर्ण पदक जितेर कीर्तीमानी प्राप्ती गर्न सफल सबिना श्रेष्ठलाई कुमारी बैंक Kumari Bank Limited ले पचार हजार नगद सहित सम्मान गरेको छ । खेलकुद मार्फत कीर्तीमान कायम गर्न सफल खेलाडीलाई हौसला प्रदान गर्न पुरस्कार दिएको बैंकले जनाएको छ ।
बैंकले हाल १०३ शाखा, ९२ एटिएम, ३ शाखारहित ईकाई तथा ३ एक्सटेनसन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।