इन्भेस्टमेन्ट बैंक पनि कनेक्ट आईइएसमा आवद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 07:30:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीमा नेपाल इन्भेस्टमेन्ट बैंक Nepal Investment Bank Limited   पनि आवद्द भएको छ  । यस संगै बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत सिधैं आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् ।

बैंकले हाल ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत सेवा दिदै आएकोमा अब कनेक्ट आईपीएस पनि थप भएको हो ।

यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्नेछन् । यस प्रणालीबाट नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायत अन्य विभिन्न सेवाप्रदायकहरुलाई भुक्तानी गर्न सकिनेछ । 

उक्त प्रणाली सेवाप्रदायकहरुको पोर्टलमा पेमेन्ट प्रोसेसरको (गेटवे) रुपमा समेत जडान गरीएको छ र सेवाप्रदायकको ग्राहकहरुले कनेक्ट आइपिएस छनौट गरी भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ । यस प्रणालीमा हाल सम्म ५७ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हाल सम्म ५३ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा प्रवाह भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved