चिनियाँ ह्याकरले लुटेको रकम झनै बढ्यो, भारतबाट मात्रै डेढ करोड निकालेको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 06:05:28 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ ह्याकरले एटिएम मार्फत पहिले सार्वजनिक भए भन्दा दोब्बर बढी रकम निकालेको खुलासा भएको छ ।  यस अघि प्रहरीले आइतबार दिउँसो पत्रकार सम्मलेन गरेर उनीहरुले १ करोड ६८ लाख निकालेको जनाएको थियो  । तर अनुसन्धान गर्ने क्रममा उनीहरुले ३ करोड ४५ लाख निकालेको खुलेको हो  ।

नेपाल राष्ट बैंकका अनुसार ह्याकरहरुले भारतबाट  नेपाली बैंकको थप १ करोड ५ लाख भारतीय रुपैयाँ निकालेको खुल्न आएको छ । भारतमा १ हजार पटक एटिएम कार्ड प्रयोग भएको खुलेको राष्ट्र बैंकले जनाएको छ । भारतमा पनि भिसा नेटवर्क नै प्रयोग भई उक्त रकम निकालिएको हो । त्यस्तै नेपालमा भने ७ सय पटक कार्ड प्रयोग गरेर रकम झिकेको खुल्न आएको छ ।

प्रहरीले एटिएमबाट पैसा चोर्नेमध्ये ५ चिनियाँ नागरिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । शनिबार मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट पैसा निकाल्दा निकाल्दै पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार दिउँसो सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ र २९ वर्षका लिन जिनमिङ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट कार्ड छाप्ने मसं सहित विभिन्न ६ देशको मुद्रा बरामद गरेको छ । प्रहरीले उनीहरुसंग बाट नेपाली मुद्रा १ करोड २६ लाख २९ हजार ४५ , अमेरिकन डलर ९ हजार १ सय ८, चाइनिज मुद्रा ११ सय ९१, युरो २ सय ५०, कम्बोडियन ५ हजार, र   हङकङ डलर ८०,बरामद गरेको छ ।  त्यस्तै प्रहरीले १३२ थान नक्कली भिषा कार्ड, १७ थान सक्कली भिषा कार्ड, एउटा कार्ड छाप्ने प्रिन्टर, ६ वटा मोबाइल, एउटा ल्यापटप र एउटा पेन ड्राइभ बरामद गरेको छ।   

प्रहरीका अनुसार सो समुहका ३ जना अझै फरार छन् । 

यस घटना छानविन गर्न नेपाल राष्ट्र बैंकले छानविन समिति गठन गरेको छ ।  बैंकका भुक्तानी प्रणाली विभागका प्रमुख एवम् राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा छानबिन समिति गठन भएको हो । 

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले ५ सदस्यीय छानविन समिति गठन गरिएको जानकारी दिए । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का सीईओ, बैंकर्स संघका सूचना तथा प्रविधि सम्बन्धि विज्ञ र राष्ट्र बैंककै प्रविधि हेर्ने निर्देशक समितिको प्रतिनिधि समितिको सदस्य छन् । समितिले ढिलोमा बुधबारसम्म बुझाउने जिम्मेवारी पाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved