
सिभिल बैंक Civil Bank Limited ले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । यो योजना बचत र मुद्दतीको समायोजन गरी बनाईएको निक्षेप योजना हो । एन्यूटी डिपोजिट योजनामा बचत कर्ताले निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ । अवधि सकिएपछि ईच्छयाईएको रकम एक्मुष्ठ प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यो योजना अन्तर्गत खोलिएका खाताको ब्याजदर खाताको अवधिभर स्थिर रहने छ । न्यूनतम मौज्दात १ हजारबाट नै शुरु गर्न मिल्ने यस योजना व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुवैले संचालन गर्ने जनाईएको छ । १ वर्षदेखि ७ वर्ष सम्मको अवधिको लागि इच्छा अनुसार एक भन्दा बढी खाता पनि खोल्न पाईनेछ ।
आवश्यक परेमा यो खाता ३ महिनापछि बन्द गर्न वा, मौज्दात रकमको ६० प्रतिशतसम्म ऋण निकाल्न पनि मिल्ने छ । हाल बैंकले ९६ शाखा मार्फत सेवा दिँदै आएको छ ।