
सिटिजन्स बैंक Citizens Bank International Limited ले महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान मोटरसाईकल हस्तान्तरण गरेको छ । बैंकले समुदाय —प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी परिसर, ललितपुरलाई मोटरसाईकल प्रदान गरेको हो । बैंकले यामाहा एफजेड मोटर साईकको साँचो हस्तान्तरण गरेको हो ।
बैंकले हाल ८२ वटा शाखा, ७८ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईमार्फत सेवा दिँदै आएको छ ।