सिटिजन्स बैंक Citizens Bank International Limited का अध्यक्ष राजन सिंह भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंकको ४१ औँ संचालक समितिको बैठकबाट अध्यक्षमा मनोनित भएका भण्डारीलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललेसपथ ग्रहण गराएका हुन् ।
बैंकको स्थापनादेखी पौष २०७५ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका भण्डारीले आगामी ४ बर्षको लागि अध्यक्षको पदभार ग्रहण गरेका हुन् ।
बैंकले हाल ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईमार्फत सेवा दिँदै आएको छ ।