वित्तीय क्षेत्रमा साइबर जोखिम बढेपछि बिमाको तयारीमा राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2019 | 02:17:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले साइबर जोखिमको बीमाको सम्बन्धमा छलफल सुरु गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा साइबर हमला बढ्दै गएपछि राष्ट्र बैंकले यस सम्बन्धमा छलफल सुरु गरेको हो । राष्ट्र बैंकले यस विषयमा अध्ययन गरिरहेको र तिहार अगाडी नै साइबर सुरक्षाको बीमा गर्न बैंकहरुलाई सर्कुलर जारी गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका उच्च अधिकारी पनि बैंकहरुमा साइबर सुरक्षाको जोखिम बढ्दै गएपछि यस प्रकारको बीमा पोलिशिको आवश्यकता बढेको बताउँछन् । ति अधिकारीले भने ‘ यस किसिमको बिमाको ब्यवस्था गर्नुपर्छ  भनेर हाम्रो दिमाग भित्र छिरेको हो, तर अहीले नै के गर्ने भन्ने निर्णय भएको छैन ।’ 

यस विषयमा अन्य मुलुकको अभ्यासबारे पनि अध्ययन भैरहेको र सरोकारवालसँग परामर्श पनि गरिरहेको राष्ट्र बैंकले जनाएको छ  । परामर्श र अध्ययनको नतिजाको आधारमा  के गर्दा उपयुक्त हुन्छ त्यही अनुसार अगाडी बढ्ने योजनामा भने राष्ट्र बैंक रहेको ति अधिकारी बताउँछन् । तर तत्कालै कार्यन्वयन भइहाल्ने सम्भावना भने नरहेको ति अधिकारीले दाबी गरे । 

 गत वर्ष एनआइशी एशिया बैंकमा भएको स्विफ्ट ह्याक प्रकरण,  त्यसपछि केही समय पहीले भएको एटीएम ह्याक प्रकरण र पछिल्लो पटक भएको कृषि विकास बैंक ह्याक प्रकरणले नेपालको बैंकहरुमा साइबर सुरक्षाको अवस्था संवेदनशील रहेको देखाउछ । 

गभर्नर डा. चिरजिवि नेपालले पनि नेपालको बैंकहरुको साइवर सुरक्षा कमजोर रहेको भन्दै प्रविधिमा लगानी बढाउन बारम्बार निर्देशन दिइरहेका छन भने प्रविधिमा लगानी गर्न नसक्ने बैंकको मर्जरको विकल्प नरहेको बताउँदै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved