सिटिजन्स बैंकका ग्राहकलाई चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बसुन्धरामा छुट हुने भएको छ । बैंक र अस्पतालबीच भएको सम्झौता अनुसार सिटिजन्सका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकले चिरायु हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका हुन् ।
बैंकले हाल ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत सेवा दिँदै आएको छ ।