राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्ने ग्राहकले नेपाल टेलिकमको प्रिपेड सिम निशुल्क पाउने भएका छन् । बिहिबार दुई पक्षबीच निशुल्क सिम प्रदान गर्ने सम्बन्धि सम्झौता भएको हो । सम्झौतामा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले मुलुकको सबभन्दा ठूलो दूरसञ्चार कम्पनी र सबैभन्दा बढी वित्तीय सञ्जाल भएको बैंकबीचको सहकार्यले दुवै संस्थाको व्यवसाय अभिवृद्धि हुने बताए । साथै उनले यस सम्झौताले कार्यक्षमतामा समेत बढोत्तरी हुने बताउदै दुई संस्थाको सहकार्यबाट डिजिटल अर्थतन्त्र निर्माणका लागि प्रभावकारी वातावरण बन्ने र मुलुकभरका जनता वित्तीय पहुँचमा पुग्ने उल्लेख गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यो सम्झौताले आम सेवाग्राहीहरु वित्तीय र प्रविधिगत रुपले निकै लाभान्वित हुने र दुवै संस्थाले व्यवसायमा समेत ठूलो फड्को मार्ने विश्वास समेत व्यक्त गरे ।
ग्राहकलाई उपलब्ध गराउने सिममा ५० रुपैयाँ टक भ्यालु समेत हुनेछ ।