कुमारी बैंक Kumari Bank Limited ले नगद रहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजनाहरु ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले कुमारी मोबाईल बैंकिङ्गबाट पहिलो १०० को टपअप गर्दा १०० क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
यो योजना नयाँ तथा पुराना दुबै खालका ग्राहकलाई लागू हुने बैंकले जनाएको छ। यो योजनामा सहभागी हुनका लागि ग्राहकले पहिलो चोटी कुमारी मोबाईल बैंकिङ्गको प्रयोग गरेको हुनुपर्ने बैंकले जनाएको छ।
स्क्यान एन्ड पे योजना अन्तर्गत बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्ग प्रयोग गरी विभिन्न पसल तथा रेस्टुराँहरुमा क्यु. आर. कोड स्क्यान गरी भुक्तानी गर्दा १०५ वा दैनिक आधिक्तम रु १०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यो योजना फाल्गुन १७ गते सम्मका लागि लागू हुनेछ ।
कुमारी स्मार्टको प्रयोग गरी विभिन्न बिल भुक्तानी जस्तै – पानी, बिजुली, सारथिको ट्याक्सी, नेपाल ग्याँस, इन्टरनेट, इत्यादिको पैसा भुक्तानी गर्न सकिन्छ। बैंकले आफ्ना देशभर रहेका ११६ शाखा संजाल, १११ एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा सेवाहरु दिंदै छ।