ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल र्याली तथा गोष्ठीको आयोजना गरेको छ । बैंकले शनिबार वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारसम्बन्धी विभिन्न सन्देश मुलक प्लेकार्डसहित साइकल र्यालीको आयोजना गरेको हो।
कान्तिपथ शाखाबाट सुरु भई लैनचौर, सोह्रखुट्टे, छाउनी, हलचोक, इचंकुनारायण हुँदै रामकोट नागार्जुन स्थित जनउद्धार मा. वि. सम्म साइकल र्याली आयोजना गरिएको बैंकले जनाएको छ। र्याली १५० जनाभन्दा बढीको सहभागीता रहेको थियो ।
त्यस्तै बैंकले बार्षिकोत्सवको अवसरमा विद्यालयलाई १ थान हेभी ड्युटी फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ । यसै गरी बैंकले डुम्रे शाखा मार्फत तनहूँको भानु नगरपालिका फुस्रेटारस्थित श्री भानु संस्कृत माध्यमिक विद्यालयमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।