नेपाली अर्थतन्त्रमा कोरोनाको प्रभावबारे अध्ययन गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2020 | 05:21:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे अध्ययन सुरु गरेको छ । नेपालमा हालसम्म कसैमा पनि भाइरसको संक्रमण नदेखिए पनि यसले समग्र अर्थतन्त्रमा पुर्याउन सक्ने असरबारे राष्ट्र बैंकले अध्ययन थालेको हो ।

नेपाल राष्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्टले यसको प्रभावका बारेमा अध्ययन थालिएको बताएका हुन् । यद्यपि उनले अध्ययन गर्न छुट्टै समिति गठन भने नभएको बताए। भट्ट कै नेतृत्वमा रहेको अनुसन्धान विभागले यस विषयको अध्ययन थालेको हो । अनुसन्धान विभागको काम नै अनुसन्धान गर्ने भएकाले थप समिति गठन नगरिएको उनले बताए । 

 उनले भने ' विभागले कोरोनाले कुन कुन क्षेत्रमा प्रभाव पार्छ । सबैभन्दा बढी कुन क्षेत्र प्रभावित हुन्छ भन्ने विषयमा अध्ययन गरिरहेको छ ।’ कोरोनाको प्रत्यक्ष प्रभाव नेपालको औधोगिक क्षेत्र, व्यापार र पर्यटन क्षेत्रमा बढी पर्ने प्रारम्भिक आँकलन गरिएको उनको भनाई छ । 

एशियाली विकास बैंक (एडिबी)ले गरेको एक अध्ययनले कोरोना भाइरसका कारण नेपालको कुल ग्राहस्थ उत्पादनको १.११ प्रतिशत अर्थात् करिब ३२ अर्ब रुपैयाँ क्षति हुने  अनुमान गरेको छ । एडिबीले कोरोनाबाट हुन सक्ने क्षतिलाई ४ भागमा वर्गीकरण गरेको छ । एडिबीले हरेक देशमा कम क्षति, मध्यम क्षति, उच्च क्षति र हाइपोथेटिकल उच्च क्षति गरी ४ भागमा वर्गीकरण गरेको हो । हाइपोथेटिकल उच्च क्षति अन्तर्गत नेपाललाई ३२ अर्ब क्षति हुने एडिबीको प्रारम्भिक अध्ययनले देखाएको हो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved