इन्टरनेट बैंकिंङ निशुल्क, जुनसुकै एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 02:25:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई विद्युतीय कारोबार गर्न प्रोत्साहन गरेका छन्  ।  कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिम बढेपछि बैंक त्तहा वित्तीय संस्थाहरुले बैंकमा भिडभाड नगरी अनलाइन मार्फत कारोबार गर्न आग्रह गरेका हुन्  ।  

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, र नेपाल वित्तीय संस्था संघको शुक्रबार बसेको संयुक्त बैठकले शाखाहरुमा भिडभाड कम गर्न तथा विद्युतिय कारोवारलाई प्रोत्साहन गर्न निर्णय गरेको हो  । 

यी संघहरुले विद्युतिय कारोवारलाई प्रोत्साहन गर्न इन्टरनेट÷मोबाइल लगायत विभिन्न विद्युतिय माध्यमवाट गरिने कारोवारमा निशुल्क उपलब्ध गराउने जनाएका छन् ।   त्यस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाकोे एटिएममा  प्रयोग गर्दा कुनै शुल्क नलाग्ने ब्यबस्था गरेका छन् ।  साथै नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्ने कनेक्ट आईपीएस सेवा निशुल्क भएको छ ।

कोरोनाको जोखिम बढेको र कोरोना सङ्क्रमण बढ्न सक्ने एक माध्यम बैंक नोटहरु पनि हुन सक्ने देखिएकोले सम्भब भएसम्म नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कारोवारको माध्यम प्रयोग गर्न तिन वटै संघले आग्रह गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved