राष्ट्र बैंकले २ प्रतिशतले घटाईदियो ऋणीको ब्याज, जेठमा तिर्नु पर्ने ब्याज असारसम्म तिरे हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2020 | 07:05:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले कोरोना प्रभावितहरुको लागि थप प्याकेजको घोषणा गरेको छ । राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन जारी गर्दै थप ब्यबस्था सार्वजनिक गरेको हो ।

जस अनुसार ऋणीहरुले चौथो त्रैमासको ब्याज तिर्दा ब्याजदरमा २ प्रतिशत बिन्दुले कम गरी ब्याज तिरे हुने भएको छ । अर्थात् यदि कुनै ऋणीले १३ प्रतिशत ब्याजमा ऋण लिएको भए ब्याजदरलाई ११ प्रतिशत मानी चौथो त्रैमासको ब्याज गणना गरी सोहि अनुसार तिर्न सक्ने छन् ।

तर यो सुबिधा लकडाउनमा लकडाउनको अवधिमा पनि संचालनमा रहेका उद्योगहरुको हकमा भने लागु हुने छैन । त्यस्तै यसरी ब्याजदर २ प्रतिशतले कम गर्दा ब्याज आधारदर भन्दा कम भएमा ब्याज घटाउनु नपर्ने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै राष्ट्र बैंकले २०७७ जेठसम्ममा तिर्नु पर्ने ब्याज २०७७ असार मसान्तसम्म तिरे हुने ब्यबस्था गरेको छ । यसरी एक महिना ढिलो गरी तिरिने ब्याजमा बैंकले कुनै पनि जरिवाना लागौं पाउने छैन भने किस्ता असुल नभएको कारण कर्जालाई तल्लो बर्गमा बर्गिकरण गर्न पाउने छैन ।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved