मोबाइल एप रिचार्जर र एनआईसी एशिया बैंक NIC Asia Bank Limited का बिचमा छुट सम्झौता भएको छ । सम्झौता अनुसार रिचार्जरबाट सामान किनेर एनआईसी एशिया बैंकको क्यू आर कोड, डेविट कार्ड तथा क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा १० प्रतिशत छुट पाइने बैंकले जनाएको छ ।
सम्झौता अनुसार मे महिना भरी बैंकका सेवाग्राहीले रिचार्जरको छुटसँगै कोरोना सुरक्षाका सामान किन्दा थप १० प्रतिशत छुट पाउने छन् । रिचार्जरले विश्व बजारको तुलनामा नेपालमा सस्तो मूल्यमा के एन ९५ मास्क उपलब्ध गराउँदै आई रहेको छ । निशुल्क होम डेलिभरी सहित १७५ रुपैंयामा के एन ९५ मास्क उपलब्ध गराउँदै आएको रिचार्जरले सामाजिक उत्तरदायित्व अन्तरगत अलिबाबा, अमेजन लगायतका प्लेटर्ममा भन्दा पनि सस्तो मूल्यमा मास्क उपलब्ध गराइएको जनाएको छ ।
रिचार्जरले कोरोना संक्रमण न्युनिकरणका लागि आवश्यक पर्ने मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, पर्शनल प्रोटेक्सन किट्स लगायतका सामान नाफा नोक्सान नहेरी सस्तो मूलयमा आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउँदै आएको छ । मुलुकभर थोक मात्रामा पनि यी सामानहरु सस्तोमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।
रिचार्जरको यो अफरमा एनआईसी एशिया बैंकका सेवाग्राहीले थप १० प्रतिशत छुट पाउने छन् । एनआईसी एशिया बैंकका अनुसार रिचार्जरबाट अर्डर भएको सामानको महसुल भुक्तान भए पछि १० प्रतिशत रकम खातावालाको बैंक खातामा फिर्ता गरिनेछ ।
ग्लोबल की टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले आफ्नो जन्मोत्सवको अवसरमा सुरु गरिएको योजनामा एनआईसी एशिया बैंकको योजना पनि थपिए पछि झनै सस्तो मूल्यमा कोरोना सुरक्षाका सामान पाइने बताए । ‘एनआईसी एशिया बैंक र रिचार्जरको यो सहकार्यले धेरैले सस्तोमा मास्क तथा अन्य सामान पाउने उनको विश्वास छ । एपमा मास्कको मूल्य २ सय रुपैंया रहने भए पनि २५ क्यास प्वाइन्ट रिडिम गरी १७५ रुपैंयामा खरिद गर्न सकिन्छ’ उनले भने ।