मुक्तिनाथ विकास बैंकमा शङ्कास्पद वस्तु फेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 01:45:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सल्यानको बागचौर नगरपालिकामा रहेको मुक्तिनाथ विकास बैंकको सटरमा शङ्कास्पद वस्तु फेला परेको छ । बागचौर– २ बागचौरमा रहेको बैंकको सटरमा बाल्टिन बम जस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको हो ।

जनपरिषद् सल्यानका नाममा कार्यालय बाहिर बाल्टिन बम जस्तो देखिने शङ्कास्पद वस्तु राखिएको र पर्चामा कोरोना महामारीका समयमा समेत किसानसँग ऋण असूली गरेको, लकडाउनका समयमा किसानलाई ऋण तिर्न बाध्य पारेकोलगायत कुरा लेखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाल त्यस क्षेत्रलाई बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । सदरमुकामबाट बम निष्क्रिय टोली घटनास्थलमा पुगिसकेको छ । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन । शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved