बैंकलाई ऋण तिर्ने अवधि २ बर्षसम्म थप, तिर्न बाँकी ब्याजलाई सावाँमा थपिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 11:58:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठकले यस आर्थिक बर्ष २०७७-७८ का लागि ल्याउन लागिएको मौद्रिक नीति पारित गरेको छ। आज बिहान ८ बजेदेखि बसेको संचालक समितिको बैठकले पारित गरेसँगै आज ३ बजे मौद्रिक नीति सार्वजनिक हुने भएको छ। 

नेपाल टेलिभिजन मार्फत प्रत्यक्ष प्रशारण गर्न लागिएको मौद्रिक नीतिबाट ऋणीहरुलाई कर्जा तिर्नका लागि अवधि ३ महिनादेखि २ बर्षसम्म थपिने भएको छ। कोरोनाबाट प्रभावित व्यवसाय र ऋणीको प्रकृतिको आधारमा अवधि निर्धारण गरिने स्रोतले जनाएको छ। 

त्यसैगरि संसदको अर्थसमितिले दिएको निर्देशनअनुसार नै ऋणीले लिएको कर्जाको ब्याजलाई पुंजीकरण अर्थात ब्याजलाई पुंजिकृत गर्न मिले व्यवस्था समेत मौद्रिक नीतिले गरेको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved