एनएमबि बैंक र सिप्रदीबीच कर्जा सम्झौता, किस्तामा गाडी किन्न झनै सहज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2020 | 05:31:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited  र सिप्रदी ट्रेडिङ्गबीच कर्जा सम्बन्धि सम्झौता भएको छ । स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवद्र्घन गर्ने उद्देश्यको साथै सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनको लागी समझदारी भएको बैंकले जनाएको छ । 

सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कम्पनीका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलियाले हस्ताक्षर गरका हुन् ।

सम्झौतमा महिला उद्यमशील कर्जा, वैदेशिक रोजगारबाट फर्केर यही उद्यम गर्न लागेका यूवाहरु, दलित तथा पिछडिएका समुदाय, शैक्षिक बेरोजगार यूवाहरुलाई लक्षित गरि सम्भाव्य उद्यमीहरुको पहिचान गर्ने साथै बैंकले योग्यता पुगेका उद्यमी र संस्थाहरुलाई सहज रुपले सवारी साधन खरिद कर्जा प्रदान गर्ने उल्लेख छ । बैंकले १६९ शाखाहरु, ५ विस्तारित काउन्टरहरु र १३३ एटीएमहरु मर्फत ग्राहकहरुलाई सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved