सनराइज बैंकको ४९ औ शाखारहित बैंकिङ्ग सेवा गुल्मीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 05:58:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले गुल्मीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले शुक्रबार गुल्मीको मालिका गाउँपालिका–६, फुलबारीमा शाखारहित बैंकिङ्ग सेवा सुरुवात गरेको हो ।

मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा र मालिका गाउँपालिका वडा नं ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरिले उक्त सेवाको उद्घाटन गरेका हुन् ।  बैंकले  रीमा गिरीलाई शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि चयन गर्दै पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेको छ।

पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार यसबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्ने छन्। 

बैंकले १३४ शाखा,४९ शाखारहित बैंकिङ्ग सेवा, १० एक्सटेन्सन काउण्टर र १६० वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved