सोमबार ७ अर्ब आन्तरिक ऋण उठाउदै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 01:16:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सोमबार ७ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी  बिल बिक्री गर्न लागेको जनाएको हो ।

बैंकका अनुसार २८ दिन अवधिको लागि ५ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ । उक्त बिल आगामी भदौ ३० गते परिपक्व हुनेछ । यस्तै ९१ दिनका लागि २ अर्बको ट्रेजरी बिल बिक्री गरिनेछ । सो बिल आगामी चैत ११ गते परिपक्व हुनेछ । ३६४ दिने अवधिका लागि रु दुई अर्ब बराबरको ट्रेजरी  बिल बिक्री हुनेछ । त्यसको परिपक्व हुने अवधि आगामी मंसिर २ गते रहेको छ । यी दुवै यस अघि निष्काशन भएका ट्रेजरी बिलका नविकरण हुन् । 

बैंकले यसअघि साउन २६ गते १० करोडको  ट्रेजरी  बिल निष्काशन गरेकोमा ७० करोडको आवेदन परेको थियो  ।

के हो ट्रेजरी बिल ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । 

 बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved