नबिल बैंकले दियो सबै ऋणीलाई ब्याज छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2020 | 08:44:07 AM मा प्रकाशित

laxmi  sunrise bank
नबिल बैंक Nabil Bank Limited  ले आफ्ना सबै ऋणीलाई ब्याजमा छुट दिएको छ ।  बैंकले कोरोना भाइरस (कोभिड १९) महामारीका ऋणीलाई समस्या परेको भन्दै उनीहरुलाई  शुन्य दशमलव २५ प्रतिशत ब्याज  छुट दिएको हो । 
 
 यद्यपि यस्तो छुट खराब कर्जाका ऋणीले नपाउने बैंकले जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकको यो प्रयासले ऋणीलाई राहत हुने बताएका छन् । उनले नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै ब्याज छुट दिएको बताए । 
 
शाहले भने ‘कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउने छ । तर, खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउदैन्न ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved