
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पूर्ण राजश्व संकलन गर्ने शाखा र काउन्टर खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले भदौ २३ गते, २४ गते र २५ गते राजश्व कारोबार गर्ने सम्पूर्ण शाखा र एक्सटेन्सन काउन्टर खुला राख्न निर्देशन दिएको हो ।
त्यस्तै राष्ट्र बैंकले नेपाल क्लियारिंग हाउस पनि खुला राख्न निर्देशन दिएको छ । राजश्व दाखिला गर्ने समय भएकोले राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।