
ग्लोबार आईएमई बैंक Global IME Bank Limited ले काठमाडौंको न्युरोड शाखाबाट प्रदान गर्दै आएको लकर सेवामा रहेका टुटफुट सामानहरु झिक्न ग्राहकहरुलाई अनुरोध गरेको छ।
बैंकले उक्त शाखाबाट प्रदान गर्दै आएको लकर सेवा स्थानान्तरण गर्नुपर्ने भएकाले सो लकरमा राखेका टुटफुट सामान झिकेर सुरक्षा गर्न बैंकले एक सूचनामार्फत ग्राहकहरुलाई जानकारी गराएको हो ।
बैंकले सो स्थानको सेवा न्युरोडकै रन्जना गल्लीस्थित शाखा कार्यालयमा स्थानान्तरण गर्न लागेको जनाएको छ । बैंकले ग्राहकहरुलाई सामानहरु शुक्रबार अफिस समयमा झिक्न भनेको छ । उक्त स्थानको लकर सेवा आइतबार बाट रन्जना गल्लीस्थित शाखाबाट प्रदानगर्ने बैंकले जनाएको छ।