मेगा बैंकले ल्यायो मोबाइलबाटै रेमिट्यान्स पठाउने सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2020 | 01:19:32 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल Mega Bank Nepal Limited  ले ‘मेगा रेमिट’ सेवालाई आधुनिक रुपमा विकास गरेको छ । स्मार्ट रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले बैंकले मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने गरी आधुनिक सेवा प्रारम्भ गरेको हो । 

रेमिट केन्द्रहरुमा नपुगी आफैले मोबाइलबाट सिधै रकम रेमिट गर्न सकिने हुँदा यसलाई ‘हातैमा रेमिट्यान्स’ भन्ने नाम दिइएको छ । ‘स्मार्ट जमानाको, स्मार्ट रेमिट्यान्स’ भन्ने नाराबाट शुरु गरिएको यो सुविधाबाट नेपालभर आफूले चाहेको स्थानमा रकम पठाउन सकिने बैंकले जनाएको छ ।

एकपटकमा बढीमा १ लाख रुपैयाँसम्म रेमिट गर्न सकिने छ । प्राप्त गर्ने व्यक्तिको मेगा बैंकमै खाता भएमा सिधै खातामा रकम जम्मा हुने व्यवस्था छ । तर, खाता नभएमा बैंकका देशभर छरिएका १० हजार एजेन्टहरु तथा बैंकका जुनसुकै शाखाबाट रकम प्राप्त गर्न सकिने जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved