राष्ट्रिय वाणिज्य बैंकको सबै शाखामा 'पोइन्ट अफ सेल'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2020 | 02:50:37 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैक Rastriya Banijya Bank  ले चाड पर्वलाई मध्यनजर गर्दै पोइन्ट अफ सेल (पीओएस)को माध्यमवाट भुक्तानी सेवा शुरु गरेको छ । बैंकले शनिबारबाट आफ्ना सम्पूर्ण शाखाहरु मार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई प्रभावकारी बनाउन पीओएसको माध्यम सुरु गरेको हो । 

बैंकको कार्डबाट पीओएसको माध्यमबाट रकम भुक्तानि गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँ क्यास ब्याक हुनेछ । कोरोना माहामारीबाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहक बैकको सेवाग्राही तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । 

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved