क्यालेण्डरमा छाप्न फोटो प्रतियोगिता गर्दै एनआईसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2020 | 04:27:40 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले देश तथा विदेशमा रहेका नेपालीहरुका लागि ‘फोटो पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ । बैंकले उत्कृष्ट फोटोलाई २०७८ सालको क्यालेण्डरमा प्रकाशित गर्ने गरी प्रतियोगिता गर्न लागेको हो  । 

फोटोलाई क्यालेण्डरमा राख्दै नगद पुरस्कारको समेत व्यवस्था गरेको बैंकका प्रमुख सूचना अधिकारी एवं नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगितामा सहभागी हुन इच्छुक ग्राकहले ‘सिजन होप एण्ड पोजेटिभ लाइफस्टाइल’ र फ्रेण्डसिप विधाहरुमा आफूले खिचेका एक वा एकभन्दा बढी फोटो पठाउन सक्नेछन् । फोटोसगैँ कम्तीमा ५० शब्दमा फोटोको क्याप्सन लेखी बैककाे वेवसाइटमा अपलाेड गर्नुपर्ने बैंकले जनाएको छ । 

प्रतियोगितामा सहभागीमध्येबाट उत्कृष्ठ १२ फोटोहरु बैैंकले नयाँ क्यालेण्डरमा प्रकाशन गर्दै प्रतिफोटो १० हजारका रुपमा नगद पुरस्कार दिने भएको हो । उत्कृष्ट १२ मा सामेल हुन नसकेका अन्य आकर्षक फोटोहरूलाई बैंकले सम्मानस्वरूप बैंकले सामाजिक सञ्जालका माध्यमहरू एवं विभिन्न प्रवद्र्धनात्मक प्रयोजनमा फोटो खिच्नेको नाम र क्याप्सनका साथ प्रकाशित गर्ने व्यवस्था गरेको जनाएको छ । बैंकका अनुसार प्रतियोगितामा सहभागी हुनका लागि ५४००/३६०० पिक्सल, साइज (इन्च) १८/१२, रिजोलुसन ३०० डिपीआई र ल्याण्डस्केप हुनु पर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved