सानिमा बैंकका ग्राहकलाई डाटासहितको एनसेल सिम निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2020 | 05:11:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  का ग्राहकले निःशुल्क रुपमा एनसेलको सिम पाउने भएका छन् । बैंक र एनसेल आजियाटाबीच आइतबार भएको सम्झौता अनुसार ग्राहकले ३०० रुपैयाँ बराबरको डाटा तथा भ्वाइस सेवा सहितको निःशुल्क सिम कार्ड पाउने भएका हुन् । 

सम्झौतामा बैंकका प्रमुख निक्षेप अधिकृत श्रीसरोज गुरागाईं र एनसेल आजियाटाका प्रमुख कानून, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार बैंकमा खाता खोली बैंकको मोबाइल एप् सेवा लिने ग्राहकले सिम पाउने भएका हुन् । यसका साथै बैंकका ग्राहकहरुले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २५० एमबी निःशुल्क रुपमा पाउने जनाइएको छ ।

बैंकले ८५ वटा शाखा, १४ विस्तारित काउन्टर र ८२ वटा एटिएम संचालनमा रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved