नेपाल बैंक र चितवनको रत्ननगर नगरपालिकाबीच कर्जा सम्बन्धी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 06:13:54 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्यमीलाई कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपाल बैंक Nepal Bank Limited र चितवनको रत्ननगर नगरपालिकाबीच सम्झौता भएको छ । बैंक र नगरपालिकाबीच बिहीबार “नगरप्रमुख उद्यमशिलता बिकास कार्यक्रम” अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा सम्झौता भएको हो ।

उक्त नगरपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य ब्यवसाय प्रवर्धन तथा रत्ननगर  नगरपालिकाको नगर प्रमुख उद्यमशिलता बिकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशिल बन्न चाहने नगरबासी एवं नेपाल राष्ट्र बैकको सहुलियतपूर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधि २०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्ने सम्बन्धमा सम्झौता भएको हो । त्यस्तै विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको शीप र ब्यवसायिक दक्षता उपयोगगर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी ब्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदानगरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने सम्झौतामा उल्लेख भएको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा रत्ननगर  नगरपालिकाको तर्फबाट नगर प्रमुख नारायण वनले हस्ताक्षर गरेका हुन् । 

बैंकले २०३ वटा शाखाहरु, १३२ बटा एटिएम तथा ३८ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved