नेपाल यातायातमा क्युआर कोड मार्फत भाडा तिर्न सकिने, मुक्तिनाथ विकास बैंकले गर्यो सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2021 | 04:08:07 PM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले नेपालको यातायात क्षेत्रमा पनि क्युआर कोड मार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ । काठमाण्डौं उपत्यका भित्र संचालनमा रहेको नेपाल यातायात ऐक्सप्रेस प्रा.लि. संग बैंकले संझौता गरी क्यू आर कोड मार्फत भुक्तानी लिने कार्य आजबाट सुचारु गरेको हो  ।

 बैंकका संचालक समितिका अध्यक्ष भरत राज ढकालले यस सेवाको सुरुवात गरेका हुन्।

  यस संगै अब नेपाल यातायातको बसमा यात्रा गर्ने यात्रीहरुले बसमा भएको मुक्तिनाथ बैंकको क्यू आर कोड स्क्यान गरी डिजिटल रुपमा भाडा बापतको रकम भुक्तानी गर्न सक्नेछन् । यातायात क्षेत्रमा यो व्यवस्था गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्ती पाईने, नोटको हिफाजतमा बृद्धि हुने साथै कोरोनाबाट बच्न पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved