सहज रुपमा वैदेशिक लगानी भित्र्याउन राष्ट्र बैंकको प्रयास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2021 | 01:16:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले वैदेशिक लगानी सहज रुपमा भित्र्याउने प्रयासको थालनी गरेको छ । राष्ट्र बैंकले  वैदेशिक लगानी सहज रुपमा भित्र्याउने उदेश्यले 'विदेशी लगानी तथा विदेशी ऋण ब्यबस्थापन विनियमावली, २०७७' को मस्यौदा तयार पारेको हो । राष्ट्र बैंकले सुझावको लागि उक्त मस्यौदा सार्वजनिक गरेको छ । 

प्रस्तावमा सम्भाव्यता अध्ययन र पूर्व संचालन खर्च वापतको विदेशी मुद्रा भित्र्याउनको लागि राष्ट्र बैंकको पुर्व स्वीकृति लिनु नपर्ने ब्यबस्था गरिएको छ । त्यस्तै वैदेशिक लगानीको लागि स्वीकृति दिने निकायबाट स्वीकृति पाई सकेपछि लगानी ल्याउनको लागि राष्ट्र बैंकको पुर्व स्वीकृति लिनु नपर्ने ब्यबस्था गरिएको छ । तर राष्ट्र बैंकलाई लिखित जानकारी भने दिनु पर्ने छ । त्यस्तै विदेशी लगानीको लेखांकन गरौअनु पर्ने ब्यबस्था राष्ट्र बैंकले प्रस्ताव गरेको छ । 

राष्ट्र बैंकले विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटहीको लागि स्वीकृति प्रदान गर्न  प्रस्तावमा उल्लेख छ । 

विदेशी ऋण लिनको लागि भने पुर्वस्वीकृति लिनु पर्ने तथा लेखांकन गर्नु पर्ने प्रस्तावमा गरिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved