अनलाईन बैंकिङमा आकर्षण बढ्दो, एक महिना मै डेढ खर्बको अनलाईन कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2021 | 02:05:49 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय अनलाइनको सहजता र प्रविधिको प्रयोगले नगदरहित कारोबार गर्नेको संख्यामा बृद्धि हुन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको तथ्यांक अनुसार इन्टरनेट तथा मोबाइल बैंकिङसहितका प्रविधिको प्रयोग गर्नेको संख्यामा बृद्धि भएको पाइएको हो । 

राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांक अनुसार गत महिनाको तुलनामा कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेट मार्फत हुने कारोबारमा बृद्धि भएको हो । उक्त प्रविधिको प्रयोग गरी गत महिनाको तुलनामा पुस महिनामा मात्र १५ अर्ब बढीको कारोबार भएको छ । 

उक्त प्रविधिको प्रयोग गरी मंसिर महिनामा १ खर्ब ३८ अर्ब बराबरको कारोबार भएकोमा पुस महिनामा एक खर्ब ५३ अर्ब १७ करोड बढीको कारोबार भएको छ । 

बैंकको तथ्यांक अनुसार पुसको एक महिनामा मात्र कनेक्ट आईपीएस मार्फत एक खर्ब ७७ करोडभन्दा बढीको कारोबार भएको छ । जुन गत मंसिर महिनाको तुलनामा १० अर्ब बढी हो । मंसिर महिनामा ९० अर्ब १४ करोडको कारोबार भएको थियो । यो अबधिमा १४ लाख ३ हजार ८७३ पटक कनेक्ट आईपीएसको प्रयोग भएको छ । 

पुस महिनामा कनेक्ट आईपीएस पछि सबैभन्दा धेरै प्रयोग मोबाइल बैंकिङ मार्फत भएको छ । एक महिनामा मोबाइल बैकिङ मार्फत ३३ अर्ब १५ करोड ३ लाख बढीको कारोबार भएको छ । मंसिर महिनामा ३० अर्ब २८ करोड बराबरको कारोबार भएको थियो । पुस महिनामा मोबाइल बैंकिङमार्फत ८६ लाख ८१ हजार ३ सय ६९ पटक कारोबार भएको थियो छ । जुन कात्तिक महिनाको तुलनामा २ लाख ९४ हजार ८ सय ९९ बढी हो । कात्तिक महिनामा ८३ लाख ८६ हजार ४७० पटक कारोबार भएको थियो । 

यसैगरी, पुस महिनामा इन्टरनेट बैंकिङमार्फत ८ अर्ब ५० करोड ३० लाख बढीको कारोबार भएको छ । गत मंसिर महिनामा ७ अर्ब २० करोड ६० लाख बराबरको कारोबार भएको थियो । 

मंसिरमा २ लाख ४५ हजार २ सय ८६ पटक इन्टरनेटबाट बैंकिङ कारोबार भएकोमा पुसमा उक्त संख्यामा बृद्धि भई ३ लाख २ हजार ५६ पटक कारोबार भएको छ । 

मंसिर महिनाको तुलनामा वालेट मार्फत हुने कारोबार रकममा बृद्धि भएको छ । वालेट मार्फत मंसिर महिनामा ८ अर्ब ९८ करोड ८६ लाख बराबरको कारोबार भएकोमा उक्त रकममा बृद्धि भई पुस महिनामा ९ अर्ब ६५ करोड ६० लाख बराबर कारोबार भएको छ । 

वालेट मार्फत हुने कारोबार रकममा बृद्धि भएतापनि कारोबार संख्यामा कमी आएको छ । मंसिर महिनामा ९९ लाख २९ हजार ९६९ पटक कारोबार भएकोमा पुस महिनामा घटेर ९८ लाख ९० हजार ५२१ पटक मात्र कारोबार भएको छ । 

गत मंसिर महिनामा अनलाइन (इ–कमर्श) बाट हुने कारोबार रकममा कमी आएकोमा पुस महिनामा उक्त संख्यामा बृद्धि भएको छ । मंसिर महिनामा ७६ करोड २० लाख कारोबार भएकोमा पुस महिनामा उक्त रकममा बृद्धि भई ८४ करोड ३० लाख भएको छ । कारोबार रकम सगैँ कारोबार संख्यामा समेत बृद्धि भएको छ । 

मंसिर महिनामा १ लाख ८ हजार ४५९ पटक कारोबार भएकोमा पुस महिनामा बृद्धि भई १२ लाख १३ पटक कारोबार भएको छ । गत कात्तिक महिनामा इ–कमर्श मार्फत ८२ करोड कारोबार भएको थियो । 

घट्यो क्यूआरमार्फत हुने कारोबार

कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट मार्फत हुने कारोबार रकममा बृद्धि भएतापनि क्यूआरमार्फत हुने कारोबार रकम र अनलाइनबाट खरिद हुने कारोबार रकममा कमी आएको छ । 

राष्ट्र बैंकको तथ्याकं अनुसार क्यूआरमार्फत कारोबार गर्नेको संख्यामा बृद्धि भएपनि कारोबार रकम घटेको छ । गत मंसिर महिनामा १ अर्ब २५ करोड ६० लाख बराबरको कारोबार भएकोमा पुस महिनामा घटेर एक अर्ब २४ करोड ५० लाख बराबरको मात्र कारोबार भएको छ । 

गत मंसिरमा क्यूआरमार्फत कुल ३ लाख ४३ हजार ५७४ पटक कारोबार भएको पुस महिनामा ३ लाख ७२ हजार १ सय ७६ पटक कारोबार भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved