अनामनगर र पानीपोखरीको ५ रोपनी जग्गा बेच्दै ग्लोबल आईएमई बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2021 | 10:02:22 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंकले काठमाडौँमा  रहेको ५ रोपनी बढी जग्गा लिलाम बिक्रि गर्ने भएको छ । बैंकले काठमाडौँको अनामनगर र पानीपोखरीमा रहेको जग्गाहरु जे जस्तो अवस्थामा छ, सोहि अवस्थामा नै लिलाम  मार्फत बिक्रि गर्न लागेको हो 

बैंकले इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघ संस्थालाई फागुन २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । आएका बोलपत्रहरुले फागुन २१ गते बैंकको कमलादी स्थिति कार्यालयमा दिउँसो २ बजे खोलिने बैंकले जनाएको छ 

बैंकले काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित अनामनगरको मूलबाटो सँग जोडिएको कित्ता नम्बर २८,२९,१३, ४२ र ४३ का जग्गाहरु बिक्रि गर्न लागेको हो । यी कित्ताको क्षेत्रफल क्रमश २५४.५०,  २५४.५०,  ५२५.२४, ३०२.०६, र १९०.७८ वर्गमिटर गरि कुल १५२७.०८ वर्गमिटर रहेको बैंकले जनाएको छ । यो क्षेत्रफल रोपनीको हिसाबले ३ रोपनी हो 

त्यस्तै बैंकले काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित पानीपोखरीको मूलबाटो सँग जोडिएको कित्ता नम्बर १२१, १२२, १२३, १३३, १३४, १३५, र १३६ का जग्गाहरु बिक्रि गर्न लागेको हो । यी कित्ताको क्षेत्रफल क्रमश ५५.६३, ५९.९०, १०१.३७, ८.२०, २३८.४७, २३८.४७, र ५२७.६६ व्र्स्गमिटर गरि कुल १२ सय २९ दशमलव ७० वर्गमिटर रहेको बैंकले जनाएको छ । यो क्षेत्रफल रोपनीको हिसाबले २ रोपनी, ६ आना, २ पैसा , ३ दाम हो 

यस हिसाबमा  बैंकले कुल रोपनी ६ आना, २ पैसा , ३ दाम बराबरको जग्गा बिक्रि गर्न लागेको हो । इच्छुक खरिदकर्ताले यी जग्गा अवलोकन गर्न चाहेमा बैंकको सामान्य सेवा विभाग कमलादीमा सम्पर्क गर्न आग्रह गरेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved