लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्युआर कोड तथा वि च्याट पे सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2021 | 07:37:55 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ले पर्यटकिय स्थल एंव गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा क्यु.आर. कोड सेवा तथा वि च्याट पे सुरु गरेको छ । यस संगै स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको बिकासको लागि प्रदान गर्ने आर्थिक सहयोग तथा माया देवि मन्दिर प्रवेशमा लाग्ने शुल्क अव क्यु.आर कोड को माध्यमबाट भुक्तानी गर्न सक्ने छन्। 

 बैंकले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, सपिङ्ग कम्पलेक्स लगायतमा क्यु.आर कोड सेवा प्रदान गर्दै आएकोमा अन्य क्षेत्रहरु पहिचान गरि डिजिटल सेवा प्रदान गर्दै जाने उद्धेश्यले लुम्बिनीमा उक्त सेवा संचालनमा ल्याएको जनाएको छ । उक्त सेवा संचालन भएपछि मायादेवि मन्दिर दर्शन गर्न जाने आन्तरिक पर्यटकले क्यु. आर. कोड तथा बाह्य पर्यटक त्यसमा पनि विशेष गरि चाइनिज पर्यटकले वि च्याट पे को माध्यमबाट मन्दिर दर्शन शुल्क तथा आर्थिक सहयोग प्रदान गर्न सक्नेछन् । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved