माछापुच्छ्रे बैंक डिजिटल बैंकिङ विस्तारमा आक्रामक, एकैपटक ३ प्रदेशका ४ स्थानमा क्युआर कोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2021 | 12:26:31 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंकले देशका हरेक भागमा डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यका शुक्रबार देशका विभिन्न ४ वटा व्यापारिक संघसंस्थाहरुमा क्युआरकोड सेवा सुरुवात गरेको छ ।

प्रदेश नम्वर २ को गोलबजार स्थित पुरानो चोहर्वा हाटबजार, बाग्मति प्रदेश को चितवन नारायणघाटस्थित कृषि हाटबजार चितवनमा संचालित विभिन्न यातायात व्यवस्था समितिहरु भरतपुर मलमल यातायात, चितवन यातायात, सम्योग नेपाल यातायात, मुक्तिनगर यातायात, पूर्वि चितवन यातायात, संयुक्त रुट व्यवस्थापन समिति चितवन त्यस्तै गरि गण्डकी प्रदेशको कावासोती स्थित अमलटारी मध्यवर्ति होमस्टेमा गरि जम्मा ४ वटा व्यापारिक स्थानहरुमा क्यु.आर.कोड सेवा सुरु गरेको हो ।

नगदरहित कारोबारलाई प्रर्वद्धन उद्धेश्यका साथ बैंकले शुक्रबार देशका विभिन्न स्थानहरुमा क्यु. आर. कोड हस्तान्तरण कार्यक्रमको आयोजना गरेको हो । उक्त क्युआर कोड सेवा सुरु भएसंगै ग्राहकहरुले आफुले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् । 

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुछ्रेले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ।  

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved