कसरी लिने अन्तराष्ट्रिय भुक्तानी गर्न मिल्ने नबिल बैंकको डलर कार्ड, शुल्क कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 06:53:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  ले अन्तराष्ट्रिय भुक्तानी गर्न मिल्ने 'नबिल आईकार्ड' सार्वजनिक गरेको छ। नेपाली बैंकहरुले नै अन्तर्राष्ट्रिय प्रिपेड कार्ड जारी गर्न सक्ने ब्यबस्था नेपाल राष्ट्र  बैंकले गरेपछि नबिलले US Dollar Nabil iCard संचालनमा ल्याएको हो 

ग्राहकले उक्त कार्ड एकदिन मै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ  । तर कार्ड लिनको लागि बैंकमा खाता हुनु पर्ने छ भने प्यान कार्ड अनिवार्य लिएको हुनु पर्ने छ  । बैंकमा खाता नहुने ग्राहकले खाता खोलेपछि उक्त कार्ड लिन सक्ने छन्  । 

 उक्त कार्ड मार्फत वार्षिक अधिकतम ५ सय अमेरिकी डलर ५०० बराबरको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।  भारत बाहेकका जुन सुकै देशमा यस्तो भुक्तानी गर्न सकिने बैंकले जनाएको हो ।  बैंकका अनुसार ग्राहकले एकै पटक वा पटक पटक गरि एक बर्षमा अमेरिकी डलर ५०० बराबर को परिवर्त्य विदेशी मुद्राको सटही गर्न सक्नेछन ।  जुन रकम भईरहेको खाताबाट काटिने छ  । तोकिएको सीमा भन्दा नबढ्ने गरि एकै पटक वा पटक पटक गरि डलर कार्डमा रकम जम्मा गर्न सकिने छ  

कार्ड लिंदा सुरुमा १ हजार रुपैयाँ शुल्क लाग्ने बैंकले जनाएको छ । एक पटक लिएको कार्डको म्याद ४ वर्ष हुने छ । पैसा लोड गर्दा ५ सय चार्ज  लाग्ने छ । यदि ग्राहकले सुरुमा २ सय डलर लोड गरेर दोस्रो पटक फेरी ३ सय डलर गरेको खण्डमा फेरी चार्ज लाग्ने छ । अर्थात् हरेक पटक रकम लोड गर्दा ५ सय चार्ज लाग्ने छ । 

यदि ग्राहकले आफ्नो नाम बिनाको कार्ड लिन चाहेमा एकैदिनमा पाउने छन् भने आफ्नो नाम लेखिएको कार्ड लिन चाहेमा उपत्यकामा ३ देखि ४ दिन भित्र र काठमाडौँ उपत्यका बाहिर ७ देखि १० दिन भित्र उपलब्ध हुने बैंकले जनाएको छ । 

यदि कार्डमा  लोड गरिएको रकम पुरै प्रयोग नभएमा सो रकमलाई पुन: बैंक खाता मै पनि ल्याउन सकिने ब्यबस्था रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved