एनसीसी बैंकका ग्राहकलाई काभ्रेको आगन्तुक रिसोर्टमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2021 | 04:57:37 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited  का ग्राहकले काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।  दुई संस्थाबीच छुट सुविधा  सम्बन्धि सम्झौतामा आज हस्ताक्षर भएको हो । 

सम्झौता अनुसार एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्गका ग्राहक र बैंकका कर्मचारीहरुलाई रिसोर्टमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट पाउने छन् । रिसोर्टले फुड एण्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थ क्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौना जाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ । 

बैंकले ७ वटै प्रदेशमा गरि कुल १२८ शाखा , ८ वटा एक्स्टेन्सन काउन्टर र १०७ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved