एनआईसी एशिया बैंकका सीईओ र सहायक महाप्रबन्धकलाई विभूषण प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2021 | 05:43:11 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक NIC Asia Bank Limited  का प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धकले विभूषणबाट सम्मानित भएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ) विभूषण र बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरेकी हुन् ।

शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उक्त विभूषण प्रदान गरेकी हुन् । मन्त्रिपरिषद्को २०७६÷०५÷३१ को निर्णयबाट सिफारिस भएअनुसार राष्ट्रपतिले विभूषण प्रदान गरेकी हुन् ।   


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved