हिमालयन बैंक एस.सि.टि युनियनपे कार्ड सेवा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2021 | 02:36:43 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक र युनियनपेको सहकार्यमा हिमालयन बैंक एस.सि.टि युनियनपे कार्ड सेवा सुरु भएको छ । भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालित विशेष समारोहबिच उक्त सेवा सुर गरिएको हो ।

यूनियनपेका प्रतिनिधिले हिमालयन बैंकले एच वि एल यूनियनपे एस सि टि कोब्राण्डेड कार्ड ग्राहकहरुका लागि जारी गर्न सुरु गरेकोमा प्रशन्नता व्यक्त गरेका थिए । त्यस्तै निकट भविष्यमा बैंकसँंगको सहकार्यमा उक्त कार्ड कन्ट्याक्टलेस पस, क्यूआर तथा वालेटहरुमा स्विकार्य हुने जानकारी दिएका थिए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा.ले यूनियनपे तथा एस.सि. टिसँग सहकार्य गरी “एच वि एल यूनियनपे एस सि टि कार्ड” संचालनमा ल्याएकोमा प्रसन्नता व्यक्त गरे । उनले यस बैंक प्रसिद्ध अन्तराष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्स–्प्रेस, जेसिबी, मास्टरकार्ड, युनियनपे, भीसा जारी तथा स्विकार गर्ने र छिटै डाइनर्स एण्ड डीस्कभर कार्ड स्विकार गर्ने एक मात्र बैंक भएको जिकिर गरेका थिए ।

सो कार्ड नेपाल तथा भारतका प्राय सबै एटिएम तथा पस टर्मिनलमा चल्नेछ । भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलमा भारत गएका व्यापारी व्यवसायीहरुका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुनेछ ।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved