एन आई सी एशिया बैंकले सुरु गर्यो एकिकृत हेल्प डेक्स सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2021 | 11:41:12 AM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक NIC Asia Bank Limited  ले ‘एकिकृत हेल्प डेक्स’ सेवा सुरु गरेको छ । बैंकले अत्यावश्यक सेवाहरू सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको सुरुवात गरेको हो ।

बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकहरूले बैंकको डिजिटल माध्यमहरू (मोबाइल÷इन्टरनेट बैंकिङ्ग, वेबसाइट तथा इसेवा) को माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ्ग सेवाहरू लिन सक्नेछन् । 

बैंकका अनुसार उक्त डिजिटल माध्यमहरूबाट सेवा लिन कठिनाइ भएमा वा सेवा सम्बन्धी गुनासो भएमा वा कुनै जानकारी लिनु परेमा ग्राहकहरूले बैंकले खटाएका उक्त सेवासम्बन्धी विज्ञ अधिकृतहरूलाई सम्पर्क गरी सजिलै एवं यथासिघ्र समाधान पाउन सक्नेछन् । 

यसका लागि ग्राहकहरूले बैंकको टोल फ्रि नं. १६६०–०१–७७७१ वा सीप लाइन नं. ०१–५९७०१०१ मा सिधै फोन गर्न सक्ने बैंकले जनाएको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved