कुमारी बैंकले नक्सालमा जडान गरेको ट्राफिक लाइट हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2021 | 06:34:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले नक्साल भगवती मन्दिर चोकमा जडान गरेको ट्राफिक संकेत बत्ती महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक बत्ती जडान गरिएको जनाएको छ । 

उक्त ट्राफिक संकेत बत्ती हस्तान्तरण पश्चात बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संयुक्त रुपमा ट्राफिक संकेत बत्तीको संचालन शुभारम्भ गरे । 

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरीका पदाधिकारीहरु, वडा नं १ कार्यालयका वडाध्यक्ष, सदस्यहरु लगायत बैैंकका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved