एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटिएमबाट कार्ड बिनै नगद रकम झिक्न सकिने सुविधा ल्याएको छ ।
यस बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिनु भएका ग्राहकहरूले यस बैंकका देशभर रहेका ४७३ वटा एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्नेछन् ।
बैंकको यो नवीनतम सुविधा प्रयोग गर्नका लागि यस बैंकको एप प्रयोगकर्ताले एप भित्र रहेको कार्डलेस वीथड्र आइकनमा ट्याप गरेर त्यसभित्र आफुले निकाल्न चाहेका रकम उल्लेख गरेर ट्रान्जेक्सन पिन वा फिन्गरप्रिन्ट राखेर भेरिभाई गरेपश्चात् आफ्नो बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटिभी प्राप्त हुनेछ ।
ग्राहकले आफुलाई प्राप्त सोह ओटिभी एटिएमको स्क्रीनमा रहेको कार्डलेस ट्रान्सजेक्स्न भित्र गई आफुले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी वीथड्र आइकनमा थिचेपश्चात् इच्छाएको नगद रकम प्राप्त हुने व्यवस्था गरिएको छ ।