भर्चुअल डलर कार्ड सहितका ५ सेवा सुरु गर्दै सिभिल बैंकले मनायो ११ औ वार्षिकोत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2021 | 02:56:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले विभिन्न सेवाहरुको थालनीको साथ साथै विविध कार्यक्रमहरुको आयोजना गरीे एघारौं वार्षिकोत्सव मनाएको छ । बैंकले प्रधान कार्यालय लगायत देशै भरिका शाखाहरुमा समेत विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो ।

बैंकले 'प्रायोरीटि बैंकिग सेवा' , 'कल सेन्टर सेवा' , 'मिस्ड कल बैंकिंग “एक घण्टी झ्याप्प पेमेन्ट” सेवा लगायतका सेवा सुरु गरेको हो ।  बैंकले विशेष व्यक्तिगत निक्षेपकर्ताहरुका लागी झन्झटरहित तथा समर्पित बैंकिंग सेवाको लागी प्रायोरीटि बैंकिग सेवाको थालनी गरेको र सो सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डले गरेको बैंकले जनाएको छ ।

त्यस्तै बैंकले  बैकका ग्राहकहरुको समस्या तथा गुनासोको हल गर्न चौविसै घण्टा संचालन हुने कल सेन्टर सेवाकोे उद्घाटन गरेको छ।  बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले कल सेन्टर उद्घाटन गरेका हुन् । त्यस्तै बैंकले केवल एक मिस कलबाट नै विजुलीको महशुल भुक्तानी हुने सेवाको सुरुवात गरेको छ । 

बैंकले सिभिल बैंक ईन्टरनेशनल भर्चुयल डलर कार्ड सेवाको शुभारम्भ पनि गरेको छ  । १०० देखि ५०० डलरसम्म लिन सकिने भर्चुयल डलर कार्डको उपयोग अन्तराष्ट्रिय सेवा तथा वस्तुहरु अनलाईन मार्फत खरिद गर्न सकिने यस कार्ड सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डले गरेका हुन् ।

बैंकले  सिभिल भर्चुयल एसिस्टेन्ट “सिभा”को शुभारम्भ पनि गरेको छ। निक्षेपकर्ताहरुको जिज्ञासाको तुरुन्तै समाधान गर्न तथा विविध बैंकिंग सेवाको विना झन्झट Artificial Intelligence को माध्यमबाट सम्पादन गर्ने च्याटबट सिभिल भर्चुयल एसिस्टेन्ट “सिभा”को उद्घाटन गरिएको बैंकले जनाएको छ । 

वार्षिकोत्सवको अवसरमा बैंकले सामाजिक उत्तर्दायित्वका कार्यक्रमहरु पनि संचालन गरेको छ । बैंकले  देशभर छरिएका बैंकका मुख्य शाखा सहित ३८ स्थानमा ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। बैंकले प्रदेश नं. १ को बिराटनगर, पुष्पलालचोक, दुहबी, ईटहरी, बिराटचोक, बिर्तामोड, अर्जुनधारा, फिदिम, धरान, प्रदेश नं. २ को  विरगंज, जनकपुर, बागमती प्रदेशको मुख्य शाखा, न्युरोड, बाङ्गेमुढा, त्रिपुरेश्वर, बनेपा, धुलिखेल, पाटन सुन्धारा, दौबहाल, जावलाखेल, कुमारीपाटी, नयाँ बानेश्वर, मध्य बानेश्वर, कमलादी, अनामनगर, पुतलीसडक, बौद्ध, चाबहिल, कपन, अत्तरखेल, कुलेश्वर, भिमसेनस्थान, टाँडी, खुरखुरे, नारायणगढ, पार्वतीपूर, गोंगबु, किर्तिपुर, स्वयम्भू, सुर्यविनायक, टोखा, नखिपोट, गोठाटार, हेटौडा, सिन्धुर्लीमा रक्तदान कार्यक्रम गरेको हो ।

बैंकले गण्डकी प्रदेशको  शिवचोक, पोखरा, कावासोती, लेखनाथ, दमौली , लुम्बीनी प्रदेशको भैरहवा, बुटवल, मणीग्राम, घोराही, नेपालगंज, लमही र सुदूरपश्चिम प्रदेशको  धनगर्ढी, लम्कीचुहा, र महेन्द्रनगर रक्तदान कार्यक्रम गरेको हो । 

त्यस्तै बैंकले जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रम गरेको छ। देशभर छरिएका बैंकका ५६ स्थानका ५६ वटै शाखाहरुमा विपन्न तथा जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रमको आयोजना हुने र बैंकले सरकारी विद्यालयमा कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत गरीव तथा जेहन्दार छात्रालाई छात्रवृति स्वरुप रु ५,००० प्रदान गरिने कार्यक्रम रहेको जनाएको छ । 

वार्षिकोत्सवको अवसरमा बैंकले ५ वर्ष÷१० वर्षदेखि अतुत सेवा प्रदान गरेका बैंक कर्मचारीहरुलाई पनि बैंकले अभिनन्दन गरेको छ । सिभिल बैंकले एघारौं वर्ष पार गर्दा सम्म करिव रु. ९२ अर्व निक्षेप संकलन गरि करिव रु. ८८ अर्व ऋण लगानी गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा रु. २९.१८ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १० वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा संचालन गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved