महेन्द्रनगरमा नेपाल बैंकको डिजिटल बैंकिङ् साक्षरता अभियान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2022 | 09:34:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाको एमिटि कलेज, महेन्द्रनगर र सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस महेन्द्रनगरमा डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यार्थीहरु लगायत समाजका सबै बर्गलाई डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्का प्रविधिहरुमा अभ्यस्त गराउने साथै वित्तीय पहुंच अभिबृद्धि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र पोखरा विश्वविद्यालयको बिबिए अध्यापन गराउदै आएको एमिटि कलेज र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा नेपाल बैंक सुदूरपश्चिम प्रदेशको पहलमा उक्त कार्यक्रमहरु आयोजना गरिएको बैंकले जनाएको छ।

भिमदत्त नगरपालिकामा संचालीत डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रममा  महेन्द्रनगर शाखाका शाखा प्रबन्धक महेश राज जोशीले डिजिटल बैकिङ् वित्तीय साक्षरता सम्बन्धी  प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा १२५ जना स्थानियको सहभागिता रहेको बैंकले जनाएको छ।

त्यसैगरि एमिटि कलेज महेन्द्रनगरमा भएको कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको बैंकले जनाएको छ।   डिजिटल बैकिङ् वित्तीय साक्षरता सम्बन्धी उक्त कार्यक्रम उद्घ्घाटन गर्दै सुदूरपश्चिम विश्वविद्यालय ब्यवस्थापन विभागका डिन प्रा.डा. पदम राज जोशीले सुदूरपश्चिम विश्वविद्यालयको नेपाल बैंक संगको आत्मीय सम्बन्ध र यस बैंकले प्रवाह गर्दै आएका ग्राहकमैत्री सेवाहरुको चर्चा गर्दै डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रमबाट बिबिए अध्यनरत बिध्यार्थीहरुमा ठुलो बित्तीय चेतना जार्गीत गरेको भन्दै हर्ष र धन्यवाद व्यक्त गरेका छन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved