ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2022 | 01:32:19 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बंैकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । 

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकहरुलाई गैर कोषमा आधारित एलसी, बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग जस्ता सुविधाहरु उपलब्ध गराउने छ । 

ग्लोबल आइएमई बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । 

यसैगरी, कामना सेवा विकास बैंकले देशभर रहेका आफ्ना १३२ वटा शाखा, १ विस्तारित काउन्टर, ४ वटा शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा ब्त्ः मार्फत सेवा प्रवाह गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved