बर्दिया र गोरखाको दुर्गम पालिकामा पुग्यो सनराइज बैंकको शाखाराहित बैकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2022 | 11:38:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक लिमिटेडले बैकिङ्ग पहुँच नपुगेको प्रदेश ५ स्थित गेरुवा गाउँपालिकामा शाखारहित बैंकिंङ सेवा संचालनमा ल्याएको छ। बैकिङ्ग पहुँच नपुगेका देशका बिभिन्न स्थानमा बैकिङ्ग सेवा पुर्याउने उदेश्य अन्तर्गत उक्त स्थानमा शाखा संचालनमा ल्याइएको बैंकले जनाएको छ।   

बैंकले प्रदेश ५ स्थित बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नं.३ शान्तिबजारमा ८८ औं शाखारहित बैकिङ्ग सेवा शुभारम्भ गरेको हो। साथै  बैंकले प्रदेश ४, गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं. ७ विरुवाटारमा ८९ औं शाखारहित बैकिङ्ग सेवा शुभारम्भ गरेको छ। 

उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८९ पुगेको छ। बैंकले सेवा सञ्चालनका लागी गेरुवाका पूरन धामी र विरुवाटारकी श्रीमती हिरा सुनारलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । 

सो शाखारहित बैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बैंकले जनाएको छ।

बैंकको हाल १३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, १५८ वटा ए.टि.एम र ८९ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved