अत्यावश्यक बाहेकको बस्तुमा मात्रै एलसी नखोल्ने निर्णय, तर छैन पूर्ण बन्देज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2022 | 05:01:33 PM मा प्रकाशित

laxmi  sunrise bank

कमर्शियल बैंकहरुले गाडी, माेबाइल लगायतका अति आवश्यक बस्तुको आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने सहमति गरेका छन्। आज बसेको नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले निजी गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइल लगायत सामाग्री आयातका लागि (एलसी) नखोल्ने सहमति गरेका हुन। 

नेपाल राष्ट्र बैंकले बैंकका सीईओहरुलाई नेपाल राष्ट्र बैंकमै डाकेर अत्यावश्यकबाहेक सामग्रीका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएको एक सातापछि वाणिज्य बैंकहरुले आइतबार उक्त सहमति गरेका हुन्। 

‘संघको अर्को बैठकले निर्णय नगर्दासम्मका लागि गाडी मोबाइल लगायतका बस्तुको आयातका लागि एलसी नखोल्ने सहमति भएको छ' एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले बिजपाटीलाई बताए। 

आइतबार संघले औपचारिक रुपमै अर्को सातासम्मका लागि अत्याव्श्यक बाहेकका वस्तुको आयातका लागि एलसी नखोल्ने सहमति गरेको उनले बताए। 

'अहिलेलाई एक हप्ता अति आवश्यक बाहेकका बस्तुको आयातका लागि एलसी नखोल्ने सहमति गरेका छौँ' केसीले भने, 'तर एलसी खोल्दै नखोल्ने भन्ने होइन, यो एक हप्ताको अवस्था हेरेर अर्को निर्णय लिनेछौं।'

राष्ट्र बैंकले निर्देशन दिएको एक हप्तापछि मात्रै बैंकहरुले गाडी, मोबाइल लगायतका सामाग्री आयातका लागि एलसी नखोल्ने निर्णय गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। राष्ट्र बैंकले निर्देशन दिएपनि बैंकर्स संघले औपचारिक निर्णय गरिसकेको थिएन। 

यसअघि राष्ट्र बैंकले दुई पटक गरी ६७ उपसमूह अन्तर्गत पर्ने करिब साढे १३ सय वस्तु आयातका लागि एलसी खोल्दा खरिदकर्ताले ५० देखि १ सय प्रतिशतसम्म नगद मौज्दात (क्यास मार्जिन) राख्नुपर्ने व्यवस्था गरेको छ। उक्त व्यवस्थाले गत फागुनमा आयात केही घटे पनि चैतमा पुन बढेको संकेत भन्सारका तथ्यांकले देखाएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved