नबिल र एनबि बैंकबीचको मर्जर रोक्न सर्वोच्चमा परेको रिटमा आज पनि पेशी तोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2022 | 11:18:42 AM मा प्रकाशित

laxmi  sunrise bank

 नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको जारी मर्जर प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा आज पनि पेशी तोकिएको छ । आज न्यायधिशद्वय डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलाशमा यस मुद्दाको पेशी तोकिएको हो ।

नेपाल बंगलादेशको मुख्य सेयरधनी मध्ये एनबी ग्रुपका लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी ईन्भेष्टमेण्ट प्रा.लि. र नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रा.लिले क्रमश बैशाख १९ गते र बैशाख २१ गते छुट्टाछुट्टै रिट दायर गरेका हुन् । नेपाल पावर डेभलपमेण्टको मुद्दामा सुनुवाई गर्दै न्यायधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै समुहलाई बोलाएको थियो । त्यस्तै दिवेश्वरी ईन्भेष्टमेण्टले दायर गरेको रिटमा न्यायधिश बमकुमार श्रेष्ठको एकल इजलाशले  कारण देखाउ आदेश, र अल्पकालीन अन्तरिम आदेश जारी गर्दै  अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै समुहलाई बोलाएको थियो । अदालतले तत्काललाई मर्जर जेजस्तो अवस्थामा छ, त्यही अवस्थामा राख्नु भनेर  अल्पकालीन अन्तरिम आदेश जारी  गरेको हो । त्यसपछि अदालतले दुवै रिटलाई एकै साथ राखेर सुनुवाई गरिरहेको छ ।

यो रिटको पेशी जेठ ४ गते न्यायधिशद्वय टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलाशमा तोकिएपनि हेर्न नमिल्ने भन्दै स्थगित गरिएको थियो । आज न्यायधिशद्वय डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलाशमा यस मुद्दाको पेशी तोकिएको हो । यो मुद्दा उक्त इजलाशको दोस्रो नम्बरमा तोकिएको छ । अदालतले अन्तरिम आदेश दिएको खण्डमा यी दुई बैंक बीचको मर्जर अनिश्चित हुने छ  ।

दुवै बैंकले मर्जर प्रस्ताव पारित गर्न  जेठ ७ गते विशेष साधारणसभा डाकेका छन् ।  नेपाल बङ्गलादेश बैंक लिमिटेडको १०० कित्ता शेयर वरावर उक्त कम्पनीका शेयरधनीहरुलाई नविल बैंक लिमिटेडको ४३ कित्ता १:०४३) शेयर प्रदान गर्ने गरी नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति (Acquisition) गर्न लागिएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved