राष्ट्र बैंकले बैंकका अध्यक्ष र संचालकलाई छलफलमा बोलायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2022 | 12:45:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले कमर्शियल बैंकका अध्यक्ष र संचालकलाई छलफलको लागि डाकेको छ। बैंकका अध्यक्ष र अडिट कमिटिका संयोजक रहने संचालकलाई छलफलका लागि डाकेको स्रोतले जनाएको छ। 

स्रोतकाअनुसार आज बेलुका ४ बजे होटल र्याडिसनमा नेपाल राष्ट्र बैंकका प्रतिनिधि र २७ वटा कमर्शियल बैंकका अध्यक्ष तथा संचालकबीच छलफल रहेको छ। 

अडिट कमिटिका संयोजक रहने संचालक सहितको छलफल डाकिएकाले सम्भवत नियमनसंग जोडिएका बिषयबारे कुराकानी गर्न बैठक डाकिएको आशंका गरिएको छ। 

यद्दपी यहि बहानामा मर्जर तथा प्राप्तिलाई पनि जोडेर छलफल हुन सक्ने एक बैंकका अध्यक्षले बिजपाटीलाई बताए। 

त्यसो त यस प्रकारको बैठक प्रत्येक बर्ष हुने गरेको अर्का एक बैंकका अध्यक्षको भनाई छ। उनकाअनुसार प्रत्येक बर्ष नेपाल राष्ट्र बैंकले बैंकका अध्यक्ष र अडिट कमिटिका संयोजक रहने संचालक सहितको छलफल डाक्ने गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved